By GreenShift Nepal
Apr 03, 2025
मिडियाको आफनै एउटा विशेष सिद्धान्त छ । प्राथमिकता र बढी भन्दा बढी पाठकले पढन् चाहेका विषयवस्तु र समाचार पस्किनु पर्ने समयको आवश्यकता मात्रै होइन कि बाध्यता पनि हो । हुनतः वर्तमानमा पाठक पनि चटपटे समाचारहरु चाख मानेर पढने गरेका छन् । मुलधारको मिडिया होस कि सामाजिक सन्जालमा लेखिएका विषयवस्तु आज भोली भाइरल हुने जामानामा गहन बिषय वस्तु आवश्यकता भन्दा पनि कम उठने गरेको विभिन्न मिडिया कन्टेन्ट अध्ययेताहरुको निष्कर्ष रहेका छन् ।
मासले पढन चाहेको बिषयवस्तु उठाउनु मिडियाको लागि बाध्यात्मक आवश्यकता भए पनि हाम्रो वरिपरी रहेका गम्भीर प्रकृतिका बिषयवस्तु उठाउनु जरुरी छ । त्यस्ता बिषयवस्तुले तत्कालै परिणाम दिन नसकेता पनि भविष्यमा त्यसले पार्ने प्रभावको भार निकै गह्किलो हुने गर्दछ ।
मिडियाका लागि हार्ड न्यूज आवश्यक भएतापनि कृषि, वातावरण, पर्यावरण, जलवायु परिवर्तन, पर्यटन जस्ता विषयवस्तु समाज र देशका लागि दीर्घकालीन रुपमा महत्वपूर्ण बिषय भएको बुझाई मिडियाका मालिकले ध्यान दिन र मनन गर्नु जरुरी छ ।
विश्व बैंकले जारी गरेको एक अध्ययन अनुसार विश्वभरी बार्षिक करिब ४०० मिलियन मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । सन् २०५० सम्म बढेर यसको अनुपात करिब दोब्बर हुने हुने प्रक्षेपण गरिएको छ । जस अनुसार बढी आम्दानी हुने देशहरुमा प्रति व्यक्तिले प्रतिदिन करिब २ देखि ४ केजीसम्म फोहोर उत्पादन गर्ने गरेका छन भने न्यून आय भएका देशहरुमा प्रति व्यक्तिले प्रतिदिन करिब ०.३ देखि ०.५ किलोग्राम फोहोर उत्पादन गर्ने गरेका छन ।
नेपालको सन्दर्भमा भएको एक अध्ययन अनुसार दैनिक करिब २ हजार मेट्रिक टन फोहोर उत्पादन हुनेगरेको छ । जसमध्ये सबैभन्दा बढी फोहोर काठमाडौं महानगरबाट उत्पादन हुने गरको बताइएको छ । यस अर्थमा काठमाडौंका लागि फोहोरमैला व्यवस्थापन एक गम्भीर समस्याको रुपमा रहेको यर्थात तपाई हाम्रो सामु प्रस्टैछ । तर, जब जब काठमाण्डौं महानगरबाट उठाइएका फोहोर फाल्ने ठाउँ डिसडोलका जनताले फोहोरमैला फाल्न रोक लगाउँछन तब तब हाम्रो मिडियामा उक्त बिषयवस्तुहरु बढी भन्दा बढी मात्रामा स्थान पाउने गरेका छन । जब, फेरि त्यस्ता बिषयवस्तुहरु अस्थायी रुपमा समाधान उन्मुख हुन्छ, त्यसपश्चात ती बिषयवस्तुहरु दीर्घकालिन समाधानका लागि कुनै पनि फलोअप समाचारहरु प्रायः न्यून मात्रामा मात्रै प्रकाशित भएको पाइन्छ । यसको अर्थ मिडियाको लागि यि र यस्ता विषयवस्तुहरु त्यति प्राथमिकताको बिषय नरहेको एक पाठकको दृष्टिकोणबाट हेर्दा अथ्र्याउन सकिन्छ । त्यसो त मिडियाले चाहेको खण्डमा १ लाई सकारात्मक तरिकाबाट प्रस्तुत गरी ११ बनाउन सक्छन् । तर, कस्ता बिषयलाई १ बाट ११ बनाउने सोचनीय र गम्भीर काम पनि हो ।
अब कुरा गरौं हाम्रो वरिपरी विभिन्न संघसंस्थाहरुले समाज परिवर्तनका लागि गरी रहेका प्रयासहरुको बारेमा । दिनानुदिन विभिन्न संघसंस्थाले हाम्रो परिपरी गर्दै आई रहेका राम्रो र उदाहरणीय कामहरु मिडियाको आँखा अगाडि नै भएतापनि यथोचित स्थान पाउन सकेको छैनन । तर, ति विषयवस्तुहरु तपाई हाम्रो जीवन, जगत र पर्यावरणका लागि निकै महत्वपूर्ण रहेको छ ।
क्रिएसन नेपाल विगत डेढ दशक देखि दिगो विकासका लक्ष्य प्राप्ति तथा प्लास्टिक फोहोरमैला संकलन, व्यवस्थापन क्षेत्रमा काम गर्दै आई रहेको छ । यसै, क्रममा हाल यूरोपियन यूनियन (ईयू)को सहयोगमा सञ्चालित ग्रीनसिफ्ट परियोजनाले मानव जीवन, जगत र पर्यावरणका लागि आवश्यक वातावरण तथा पर्यावरण संरक्षण गर्दै कार्वन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्य सहित सञ्चालित प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन तथा चक्रीय अर्थतन्त्र सम्बन्धी परियोजना ग्रीनसिफ्ट नेपाल सुरु भएको एक बर्षको अवधिमा नै विस्तारै सकारात्मक परिवर्तनको संकेत दिन थालेको क्रिएसनका संस्थापक अध्यक्ष आनन्द मिश्रको भनाई छ । परियोजना अन्तर्गत सञ्चालित गतिविधिले विद्यालयका विद्यार्थीहरुमा व्यवहारिक परिवर्तन, युवा पैरवी समुहद्धारा स्थानीय स्तरमा सञ्चालन गरेका अभियानहरु, स्थानीय तहको फोहोरमैला नीति निर्माणका लागि फेलोले गरेका प्रयासहरु, शिक्षण अभ्यासका लागि विकास गरिएको जलवायु परिवर्तन तथा चक्रीय अर्थतन्त्र नामक अभ्यास पुस्तिकाले “सिफ्ट” को संकेत देखाएको छ । परियोजना अन्तर्गत ४ बर्षमा ९ स्थानीय तहका ३६ सामुदायिक विद्यालयमा अभ्यास गरिने यस पुस्तिकले मुलुकभरीको करिब ३३ हजार विद्यालयमा एक साथ फ्रि फ्राइडे बुकको रुपमा लागु गर्न सके फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको क्षेत्रमा नयाँ क्रान्ती ल्याउन सकिने परिकल्पना गर्न सकिन्छ ।
यसका लागि स्थानीय देखि राष्ट्रिय स्तरका मिडियाले नियमित रुपमा यस्ता सकारात्मक बिषयलाई पत्रपत्रिकामा प्राथमिकताका साथ स्थान दिन सक्नु पर्छ । यस्ता गतिविधिहरुद्धारा निर्मित सकारात्मक परिवर्तनका बिषय मुलुकको पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिण सीमासम्म बराबर रुपमा फैलाउन सकिए जलवायु परिवर्तन, पर्यावरण तथा वातावरण संरक्षणका लागि कोशेढुगां सावित हुने थियो । यसो हेर्दा ग्रीनसिफ्ट अभियान केवल अभियान मात्रै होइन, यो अभियान आम रुपमा प्रत्येक नागरिकले अनुसरण गर्नु पर्ने अभियानको रुपमा रहेको हुनाले यसलाई जोकोहीले पनि अनुसरण गरी अगाडि बढाउँदा कुनै रोकटोक छैन । यस अभियान मार्फत देशव्यापी रुपमा १२ स्कुल बाट ३३ हजार मुलुकभरीको सामुदायिक विद्यालय, ३ युवा समुहबाट ७५३ स्थानीय तहमा युवा पैरवी समुहद्धारा समुदायमा आधारित अभियान र प्रत्येक स्थानीय तहले तथ्यांकमा आधारित फोहोरमैला नीति निर्माणका लागि आवश्यक प्राविधिकको रुपमा खटिएका फेलोले निश्चिय नै तात्विक रुपमा व्यापक परिवर्तनका रेखा कोर्न सफल हुन सक्नेमा दुईमत छैन । यसमा मिडियाले समाज र दिगो देश निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न जरुरी छ ।
ग्रीनसिफ्ट अभियानका क्रममा देखिएका कतिपय सफलताका कथा र पात्रहरुले निर्वाह गरेका सकारात्मक भूमिका निकै सराहनीय छ । त्यस्ता पात्रका सफलतालाई बाहिर ल्याउन सकिए, त्यसबाट अनेकौं नयाँ पात्रहरु प्रेरणा लिएर अभियानमा हातेमालो गर्न अगाडि सर्थे होलान् । यसका लागि पनि मिडिया हाउसले चटपटे समाचारहरु प्राथमिकतामा राखेता पनि समाज परिवर्तनका उदाहरणीय मानवजीवनलाई भविष्यमा हुन सक्ने संकटबाट जोगाउन वातावरण तथा पर्यावरणका क्षेत्रमा अटुट योगदान गरीरहेका पात्र, अभियान र क्रियाकलापका समाचारहरु निःसन्देह स्थान पाउनु पर्दछ ।
ग्रीनसिफ्ट परियोजना सञ्चालनको पहिलो बर्षमै स्थापित गरेका सफलताका सकारात्मक मानक (माइलस्टोन) लाई सचेतना र अबलम्बनका लागि दायरा बढाउन मिडियाको भूमिका टड्कारो रुपमा अपरिहार्य छ । त्यसो त, ग्रीनसिफ्ट केवल एक परियोजना मात्रै होइन, एक वृहत अभियान पनि हो । तसर्थ, देशैभरीका विद्यार्थी, युवा, नागरिक अभियन्ता, बौद्धिक वर्ग, पेशाकर्मी र सञ्चारजगत मिलेर प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रलाई बढावा दिनका लागि साझा दृष्टिकोण निर्माण गर्दै, सामुहिक नेतृत्व मार्फत अगाडि बढाउन ढिलो गर्नु हुँदैन । फोहोरमैला व्यवस्थापनको लागि चक्रीय अर्थतन्त्र मार्फत ग्रीनसिफ्टका पहलहरु जलवायु परिवर्तन, पर्यावरण तथा वातावरण संरक्षणका लागि नेपालको लागि निकै सान्दर्भिक छ । यसले आय आर्जनसँगै सामुदायमा सचेतनासँगै विद्यालयका विद्यार्थी मार्फत व्यवहारिक परिवर्तन ल्याउन सकिन्छ ।
Impacts
FIELD STORIES
Nov 11, 2024
This August, the Creasion team organized a field trip to Chitwan in order to welcome five new schools into the Waste Smart School initiative as part of the Recycler Saathi project together with goodwi...
VOICE YOUR OPINION
Nov 19, 2024
In recent years, Nepal has faced a dual environmental crisis that threatens public health and the country's natural landscapes: severe air pollution and escalating wildfire outbreaks. These issue...
VOLUNTEER STORIES
Dec 02, 2024
Since last 4 months I have been the member of VFC and volunteered with Creasion. I got a chance to participate in various activities such as organizing and conducting awareness sessions on waste reduc...
The Communique is CREASION's official newsletter where we bring all undertakings related to our core values, primarily concerning the environment.
© 2024 Creasion. All Rights Reserved.
Handcrafted by Featherwebs